Episode Details

Back to Episodes
अस्ट्रेलियामा नेपाली व्यवसायी: 'एआईले गर्दा होइन, यो नजान्दा काम जान्छ': दीपेश श्रेष्ठ

अस्ट्रेलियामा नेपाली व्यवसायी: 'एआईले गर्दा होइन, यो नजान्दा काम जान्छ': दीपेश श्रेष्ठ

Published 5 days, 4 hours ago
Description
अस्ट्रेलियामा आफ्नै व्यवसाय सञ्चालन गर्ने नेपालीहरूको सङ्ख्या बढ्दो छ। प्रविधिको तीव्र विकाससँगै व्यवसायलाई समयानुकूल बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग महत्त्वपूर्ण बन्दै गएको व्यवसायी दीपेश श्रेष्ठ बताउँछन्। शिक्षा, अध्यागमन सेवा तथा नेपाली स्वादको बियर उत्पादनलगायत विभिन्न व्यवसायमा संलग्न श्रेष्ठ अहिले एआईसम्बन्धी तालिम पनि दिँदै आएका छन्। एआईले मानिसको रोजगारी खोस्नेभन्दा पनि यसलाई नबुझ्ने र प्रयोग गर्न नसक्नेहरू पछि पर्न सक्ने सम्भावना बढी रहेको एसबीएस नेपालीसँगको कुराकानीमा उनले बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us