Episode Details

Back to Episodes
चेतावनी! तपाईँको मोबाइलमा ‘अज्‌अलर्ट’ आउँदा के गर्ने?

चेतावनी! तपाईँको मोबाइलमा ‘अज्‌अलर्ट’ आउँदा के गर्ने?

Published 1 week, 1 day ago
Description
आपतकालीन अवस्थाका बेला चेतावनी अझ छिटो र भरपर्दो रूपमा आममानिसहरूसम्म पुर्‍याउने उद्देश्यसहित अस्ट्रेलियाले नयाँ आपतकालीन चेतावनी प्रणाली ‘अज्‌अलर्ट’ लागू गर्ने तयारी जारी गरिरहेको छ।

डढेलो, बाढी र आँधीबेहरीजस्ता जोखिममा पार्न सक्ने अवस्थाहरूबारे मोबाइलमै तत्काल सूचना पठाउने यो प्रणालीको पहिलो देशव्यापी परीक्षण यही सोमबार, जुलाई २७ दिउँसो दुई बजे (अस्ट्रेलियन इस्टर्न स्टान्डर्ड टाइम) हुँदै छ।

यसले कसरी काम गर्छ, तपाईँको मोबाइलमा के आउँछ र यसको कार्यान्वयनलाई लिएर केही आपतकालीन निकायले कस्तो चासो व्यक्त गरेका छन्?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us