Episode Details

Back to Episodes
‘Messi and Ronaldo are like God!’: Bharat Khawas - ‘मेस्सी रोनाल्डो भन्या त भग्वान् जस्तै लाग्छ!’: भरत खवास

‘Messi and Ronaldo are like God!’: Bharat Khawas - ‘मेस्सी रोनाल्डो भन्या त भग्वान् जस्तै लाग्छ!’: भरत खवास

Published 3 weeks, 3 days ago
Description
Bharat Khawas has represented the Nepali men's national team in FIFA World Cup qualifying matches, including the game against Jordan in 2011. While Nepal suffered a heavy 9–0 defeat away in Jordan, the team held one of Asia's football powerhouses to a 1–1 draw in the return leg at home, with Khawas scoring Nepal's goal. The 34-year-old forward has been with Tribhuvan Army Club since 2012, among other clubs. As the FIFA World Cup 2026™ takes centre stage, our Nepal correspondent Pratichya Dulal spoke with Khawas about football's biggest tournament. - नेपाली फुटबलमा परिचित नामहरू मध्येको एक हो, भरत खवास। सन् २००६/०७ मा सङ्कटा बोइज स्पोर्ट्स क्लबबाट फुटबल करिअर सुरु गरेका खवास त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। नेपाली राष्ट्रिय टोलीबाट खवासले खेल्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ र यस क्रममा उनले नेपालका लागि विश्वकप छनोटका खेलहरु पनि खेलेका छन्। त्यस्तै मध्येको एक थियो सन् २०११ मा जोर्डन विरुद्ध भएको खेल। जोर्डनमा भएको खेलमा ९-० को विशाल अन्तरले पारित भएको नेपालले घरेलु मैदानमा भने एसियाको फुटबल पावरहाउस मध्ये एक मानिएको यो टोलीलाई १-१ को बराबारीमा रोकेको थियो जसमा गोल नेपालको लागि खवासले गरेका थिए। विश्वकपमा केन्द्रित भएर खवाससँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm AEST via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.
You can also follow SBS Nepali on social media: FacebookInstagram and X (@SBS Nepali)
- भरत खवास सन् २००७ देखि २०११ सम्म फ्रेन्ड्स, ११ देखि १२ पोलिस क्लब र सन् २०१२ यता भने यी ३४ वर्षीय खेलाडी त्रिभूवन आर्मी क्लबसँग आवद्ध छन्। यो बिचमा उनले २०२३/२४ सिजनमा चाहिँ स्पोर्टिङ इलाम डे मेची एफसीबाट खेलेका थिए।

उनी सन् २०१८ मा भुटान विरूद्ध बंगबन्धु राष्ट्रिय रंगशाला, ढाकामा सम्पन्न २०१८ साफ च्याम्पियनसिपमा र त्यो भन्दा अगाडी सन् २०१३/१४ मा एएफसी च्यालेन्ज कप छनोट चरण अन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा मारियाना आइल्यान्ड्स विरूद्ध ह्या्ट्रिक गर्न सफल स्ट्राइकर पनि हुन्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क,
Listen Now