Episode Details
Back to Episodes
‘डेड्ली’ ५० वर्ष: नेडक सप्ताह र यस वर्षको नाराको अर्थ के?
Published 4 weeks, 1 day ago
Description
अस्ट्रेलियाभर यस साता राष्ट्रिय नेडक सप्ताह मनाइँदैछ। यस अवसरमा एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायको इतिहास, संस्कृति र उपलब्धिलाई सम्मान र उत्सवका साथ स्मरण गरिन्छ। यस वर्षको नारा 'फिफ्टी इयर्स अफ ‘डेड्ली’ रहेको छ, जसले नेडक सप्ताहको पाँच दशकभन्दा लामो यात्राको उत्सव मनाउँछ। यस वर्ष जुलाई ५ देखि १२ तारिखसम्म मनाइँदै गरिएको नेडक सप्ताहमा नेडक आन्दोलनलाई अघि बढाउने अग्रजहरूको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्नुका साथै अझै के–कस्ता परिवर्तन आवश्यक छन् भन्ने विषयमा सोच्ने अवसर पनि दिएको नेडक समितिका सदस्यहरू बताउँछन्।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।