Episode Details
Back to Episodes
‘मान्छे भएपछि समाज महत्त्वपूर्ण हुने रहेछ’: सिड्नीमा नेपाली कला र संस्कृति सम्बन्धी प्रदर्शनी
Published 3 months ago
Description
सिड्नीको दक्षिणमा रहेको जर्जेस रिभर काउन्सिलले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको कला, संस्कृति र विविध कथाहरूलाई समेटेर एक प्रदर्शनी आयोजना गरेको छ। हर्स्टभिल म्युजियम एन्ड ग्यालरीमा जारी उक्त प्रदर्शनीले नेपालको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिलाई उजागर गर्नुका साथै यस क्षेत्रमा विकसित हुँदै गएको नेपाली समुदायलाई प्रतिबिम्बित गर्ने लक्ष्य राखेको छ। शुक्रबार, १ मे मा उद्घाटन गरिएको उक्त प्रदर्शनी ३० अगस्टसम्म चल्नेछ। प्रदर्शनीमा नेपाली कला, संस्कृति, परम्परागत पोसाकहरूसँगै अस्ट्रेलियामा बसाइँ सरेका पहिलो पुस्ताका नेपालीहरू, यस क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायहरू लगायतका जानकारीहरू पनि समेटिएका छन्। उक्त प्रदर्शनीमा उपस्थित नेपाली भाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।