Episode Details

Back to Episodes
‘खुसी छैन!’: संसारको वर्तमान अवस्था बारे एन्ज्याक डे परेडमा सहभागी नेपालीभाषीहरू

‘खुसी छैन!’: संसारको वर्तमान अवस्था बारे एन्ज्याक डे परेडमा सहभागी नेपालीभाषीहरू

Published 1 month, 1 week ago
Description
गएको शनिवार अस्ट्रेलियाभर विभिन्न समारोहकाबीच पहिलो विश्वयुद्धका क्रममा ग्यालीपोली पुगेका सैनिकहरूको सम्झना गरिएको छ। हरेक वर्ष २५ एप्रिलमा मनाइने एन्ज्याक डेको यस वर्षको कार्यक्रममा पनि सिड्नी र मेलबर्नमा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। पूर्व गोर्खा सैनिकहरूको समूह ‘द ब्रिगेड अफ गुखार्ज’ अन्तर्गत रहेर, हाल अस्ट्रेलियन सेनाका कार्यरत सदस्यदेखि नेपाली सेनाका पूर्व सदस्यसम्म भेला भएका थिए। पूर्व गोर्खा सैनिक, उनीहरूका परिवारजन अनि परेडमा सहभागी भएका समुदायका अन्य सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us