Episode Details
Back to Episodes
सामाजिक कुरीतिबारे गाउने ‘तिवारी आमा’ कसरी बनिन् नेपाल बाहिर पनि लोकप्रिय?
Published 1 month, 2 weeks ago
Description
नेपालको गण्डकी क्षेत्रमा पाइने लोकगीतकी एकजना जानकार तथा ब्राह्मण क्षेत्री समुदायमा प्रचलित मागल, उवाली, रत्यौली, बालन, सिलोक लगायतका गीतमा गायिका रामपुर, पाल्पाकी लक्ष्मी तिवारी आजकाल व्यस्त छिन्। पछिल्लो समयमा उनले गाएका गीतहरू युट्युबमा आउन थालेपछि उनी “तिवारी आमा”का नामले चर्चित हुन थालेकी हुन्। तिवारीले एकैछिनमा आफ्नै शब्द रचना गरेर गीत गाउने गर्छिन् भने उनले आप्रवासी नेपालीका बारेमा बनाएका गीतका कारण उनी नेपालबाहिर पनि लोकप्रिय बनेकी छिन्। गत नोभेम्बर महिनामा पोखरामा आयोजना गरिएको रत्यौली सम्बन्धी कार्यशालामा नेपाल संवाददाता सेवा भट्टराईले उनलाई भेटेर यो क्षेत्रका लोपोन्मुख गीतहरूका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।