Episode Details
Back to Episodesनेपाल अपडेट: मतदाता शिक्षा कार्यक्रम सुरु र नेपाल-स्कट्ल्यान्ड टी२० विश्वकप खेल
Published 3 months, 3 weeks ago
Description
निर्वाचन आयोगले आइतवारदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। चुनाव सफल पार्न विभिन्न महत्त्वपूर्ण कुरा मध्ये मतदाता शिक्षा पनि एक मानिने गर्दछ। मतदाता शिक्षा कार्यक्रम मार्च एक सम्म सञ्चालन हुने बताइएको छ। यस लगायत, सेप्टेम्बर आठ र नौमा भएको जेन-जी आन्दोलनका क्रममा घटेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप्ने सरकारको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनायो ३५औँ स्थापना दिवस र नेपालले जारी टी२० विश्वकपमा आफ्नो अन्तिम खेल स्कटल्यान्ड विरुद्ध खेल्दै लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।