Episode Details
Back to Episodesरेडियो कार्यक्रम: अस्ट्रेलियन भिसामा आएका नयाँ परिवर्तनहरू र नयाँ विद्यार्थीहरूका लागि सल्लाह
Published 7 months, 2 weeks ago
Description
बिहिवार, ४ डिसेम्बर सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, रुस र अमेरिका बीच युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे मस्कोमा भएको वार्ता, भिक्टोरियामा प्रस्तुत गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज’, पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपका खेलेकी नेपाली पुनम चौधरीसँगको कुराकानी लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।