Episode Details
Back to Episodes
‘नेपालबाटै आफ्नो लक्ष्य तय गरेर आउनुहोस्’: विद्यार्थी जीवन अस्ट्रेलियामा कसरी सजिलो बनाउने?
Published 4 months, 4 weeks ago
Description
अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो समय बढेको छ। सन् २०२५ अक्टोबरसम्म हेर्दा, ६८,००० भन्दा धेरै नेपालीभाषी विद्यार्थीहरू अध्ययनरत रहेको अस्ट्रेलिया सरकारको शिक्षा विभागको तथ्याङ्कले देखाउँछ, जुन त्यो भन्दा अगिल्लो सालको तुलनामा ४.४ प्रतिशतले बढेको हो। नयाँ वर्षको सुरुवातसँगै नयाँ ‘इन्टेक’ सुरु हुने समय नजिकिँदै गर्दा, अस्ट्रेलिया आउन सोचिरहेका विद्यार्थीहरूले के-के कुरामा ध्यान दिनु पर्ला त? भाषा, कामको खोजी, अध्ययन र कामको सन्तुलन, तथा नयाँ जीवनशैलीमा घुलमिल हुँदाका चुनौती लगायत सुझावका बारेमा एसबीएस नेपालीले केही विद्यार्थीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।