Episode Details

Back to Episodes
रेडियो कार्यक्रम: पुरस्कार जित्ने नेपाली, अस्ट्रेलियामा डेटिङ र एक चर्चित रेडियोकर्मीको बिदाइ

रेडियो कार्यक्रम: पुरस्कार जित्ने नेपाली, अस्ट्रेलियामा डेटिङ र एक चर्चित रेडियोकर्मीको बिदाइ

Published 6 months, 2 weeks ago
Description
हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, १८ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, समुदायमा योगदान पुर्‍याएकोमा २०२५ सर जन मोनाश अवार्डबाट सम्मानित भएका मेलबर्नका राजु अधिकारीसँगको कुराकानी, रेडियोकर्मी जन लजको बिदाइ लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Listen Now

Love PodBriefly?

If you like Podbriefly.com, please consider donating to support the ongoing development.

Support Us