Episode Details
Back to Episodesनेपाली क्रिकेट: ‘गुरु राम्रो हुँदा चेला पनि राम्रो!’
Published 7 months, 3 weeks ago
Description
सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट 'वान डे इन्टरनेसनलको' मान्यता पाएसँगै नेपाली क्रिकेटले नयाँ अध्याय सुरु गरेको मानिन्छ। नेपाली क्रिकेटले कप्तान रोहित पौडेलको नेतृत्वमा हालका केही महिनाहरूमा झन् राम्रो खेल देखाउन थालेको जानकारहरू बताउँछन् । अस्ट्रेलियाका पूर्व खेलाडी स्टुअर्ट ल प्रशिक्षक बन्दा खेल थप परिष्कृत भएको बताइन्छ। नेपालको खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी सहित अस्ट्रेलियाका राज्य तथा प्रदेशमा रहेका क्रिकेटसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सहित यो रिपोर्ट सुन्नुहोस्।