Episode Details
Back to Episodesएसबीएस नेपाली कुराकानी: पत्रकार ध्रुवहरि अधिकारीको सम्झनामा गोरखापत्र र रेडियो नेपाल
Published 9 months, 2 weeks ago
Description
बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी हाल अस्ट्रेलिया भ्रमणमा छन्। र, केही दिन अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। उक्त अवसरमा हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको पहिलो भाग सुन्नुहोस्।