Episode Details
Back to Episodes‘ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न!’: आफ्नो पाँच दशक लामो साङ्गीतिक यात्राको सम्झना गर्दै गायक लाक्पा शेर्पा
Published 9 months, 2 weeks ago
Description
नेपाली साङ्गीतिक क्षेत्रको एक चर्चित नामक हो, लाक्पा शेर्पा। गायन क्षेत्रमा करिब आधा शताब्दी बिताउने क्रममा, उनले नेपाल मात्र नभई, भारतमा समेत गीतहरू गाएका छन्। दार्जिलिङमा पढ्दा देखिनै गायन प्रति रस बसेको बताउने शेर्पाले आफ्नो उक्त रुचिलाई आजीवन कसरी निरन्तरता दिए भन्ने बारे, हाम्रा नेपाल संवाददाता प्रयास दुलालले उनीसँग गरेको कुराकानी सुन्नुहोस्। नोट: प्राविधिक कारणले यो अन्तर्वार्ताको गुणस्तर हामीले प्राय प्रस्तुत गर्नेभन्दा अलि कम रहेको छ, जसका लागि हामी क्षमा प्रार्थी छौँ।